aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एनसीसी बैंकको नाफामा सामान्य गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
एनसीसी बैंकको नाफामा सामान्य गिरावट

काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकले पहिलो त्रैमासमा ०.२४ प्रतिशत घटेको छ। बैंकको खुद नाफा ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५१ करोड ८० हजार कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत र कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेको छ। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनसीसीको जगेडा कोष ९.४० प्रतिशत बढेको छ भने निक्षेप ५.६१ प्रतिशत र कर्जा ६.१९ प्रतिशत घटेको छ। त्यसैगरी, कुमारीको जगेडा कोष समीक्षा अवधिमा १५.४४ प्रतिशत र कर्जा २.१४ प्रतिशत बढेको छ भने निक्षेप १.५८ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस