काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा अध्यक्ष गुरुङले प्रस्ताव प्रस्तुत गर्नुहुंदै बैंकले विभिन्न सहायक कम्पनी मार्फत व्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने विचार ब्यक्त गर्नुभयो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटीएम, ९३ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ । गत आवमा बैंकले १ खर्ब ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस