
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार १३ वटा बैंकहरुको नाफा घटेको छ भने बाँकी बैंकहरुको नाफा बढेको छ ।
उक्त विवरण अनुसार सबैभन्दा बढि कुमारी बैंकको नाफा ८५.०७ प्रतिशतले बढेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६८.३९ प्रतिशत र नेपाल एसबिआई बैंकको ६८.२३ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढि नाफा घट्ने बैंकमा सनराइज बैंक र कृषि विकास बैंक रहेका छन् । सनराइज बैंकको नाफा ६१.५ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको नाफा ५४.४८ प्रतिशतले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण उक्त नाफा गत आवको तुलनामा १८.६६ प्रतिशतले बढि हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण उक्त नाफा गत आवको तुलनामा ६८.३९ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
सिटिजन इन्टरनेशनल बैंक
सिटिजन इन्टरनेशनल बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ५० करोड १२ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको नाफा २७.०९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बैंकले ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सानिमा बैंक
सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त गत आवको सोही अवधिको तुलनामा ५.३५ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ४० करोड ४२ लाख रुपैयाँ रहेको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड भन्दा बढि नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार यस अवधिमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरण योग्य २ अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा बैंकको खुद नाफा ३३.८४ प्रतिशतले बढि हो । उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको सोही अवधीमा आर्जन गरेको भन्दा २२ करोड अर्थात २३.९१ प्रतिशतले बढी हो । २०७८ असोज मसान्तमा बैंकको नाफा ९२ करोड रुपैयाँ रहेको थियो । उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा एक अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
कुमारी बैंक
कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।
नेपाल क्रेडिट एण्ड कमर्श
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकले पहिलो त्रैमासमा ०.२४ प्रतिशत घटेको छ । बैंकको खुद नाफा ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५१ करोड ८० हजार कमाएको थियो ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले आफ्नो पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंक सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा ४८.९५ प्रतिशतले नाफामा वृद्धि गरेको छ । पहिलो त्रैमासमा ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
नबिल बैंक
नबिल बैंकको नाफा ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले नाफामा यस्तो वृद्धि गरेको हो । पहिलो त्रेमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ४.५८ रुपैयाँले घटेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण यस्तो नाफा कमाएको हो । यो नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा २० प्रतिशतले घटेको हो । बैंकले गएको यहि अवधिमा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले ३१ करोड रुपैयाँ नाफा कमाएको । बैकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा बैंकको नाफा १४.८१ प्रतिशतले बढेर ३१ करोड रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ४ करोडले बढेको हो । गत आवमा बैकले २७ करोड रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैकको वितरणयोग्य नाफा ५४ करोड रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले एक अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनि गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८.३० प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको सोही अवधिमा बैकले एक अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा नै ४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
मेगा बैंक
चालु आवको पहिलो त्रैमासमा मेगा बैंकको खुद नाफा समीक्षा अवधिमा ४४.३३ प्रतिशत घटेको छ । बैकले यस अवधिमो ५० करोड ९१ ला ६९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमो बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्ममा मेगाको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैकले चालु आवको पहिलो त्रैमास सम्ममा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ६.९५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
प्राइम कर्मसियल बैंक
प्राइम कर्मसियल बैंकको नाफा १०.६१ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ६२ करोड ७३ लाख ५७ हजार रुपौयँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको नाफा ६२.२३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड २९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नेपाल बैंक
नेपाल बैंकको नाफा १९.९७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ६० करोड ४० लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको नाफा १७.५८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफा ८.९३ प्रतिशले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा ४९ करोड ८२ लाख ५० हजार रुपौयँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको नाफा ४७.४८ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सिभिल बैंक
सिभिल बैंकको नाफा ४२.२३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंक अफ काठमाण्डु
बैंक अफ काठमाण्डुको नाफा १०.७१ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमाससम्म २८ करोड ६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले नाफा बढाएको हो । बैंक्ले सावर्जनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा बैंकले २५ करोड ३४ लाख ७७ हजार रुपौयँ नाफा कमाएको थियो ।
कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आवको पहिलो त्रैमाससम्म २२ करोड ९ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा गत आवको तुलनामा ५४.४८ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सनराइज बैंक
सनराइज बैंकको नाफा ६१.५ प्रतिशतले घटेको छ । बैंक सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १६ करोड ५८ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले ४३ करोड ७ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
प्रतिक्रिया दिनुहोस