
काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १५ लाख ६१ हजार ३१० रुपैयाँ मात्रै कमाएको वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ ।
बैंकले गत वर्षको सोहि अवधिमा १७ करोड ५७ लाख ४७ हजार ४२० रुपैयाँ कमाएको थियो । त्यस्तै बैंकको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । बैंकको बेस रेट १२.२३ प्रतिशत छ भने स्प्रिड दर ४.६७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस