aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मुक्तिनाथ विकास बैंकको नाफा ५.९० प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
मुक्तिनाथ विकास बैंकको नाफा ५.९० प्रतिशतले घट्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार बैंकले ३१ करोड ३१ लाख ८५ हजार रुपैया नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ५.९० प्रतिशतले घटेको हो । बैंकले गत आवको सोही अवधिमा ३३ करोड २८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । गत आवको सोही अबधिमा बैंकको खराब कर्जा प्रतिशत ०.२३ रहेको थियो भने चालु आवको पहिलो त्रैमासमा ०.७७ प्रतिशत पुगेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी २२.८१ प्रतिशतले बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस