aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५ करोड भन्दाबढि नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५ करोड भन्दाबढि नाफा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड रुपैयाँ भन्दा बढि नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको हो । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा १.६७ प्रतिशतले बढि हो  हो । बैंकले गत आवको सोही अवधिमा ५ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २६ करोड १ लाख ३५ हजार रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.६४ प्रतिशत रहेको थियो भने चालु आवको पहिलो त्रैमासमा २.२७ प्रतिशत पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस