aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गरिमा विकास बैंकले १३ करोड २९ लाख नाफा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
गरिमा विकास बैंकले १३ करोड २९ लाख नाफा गर्यो

काठमाडौं ।  गरिमा विकास बैंकको खूद नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खूद नाफा घटेर १३ करोड २९ लाख मात्रै कमाएको छ । 

अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ  । समीक्षा अवधिमा बैंकले ७९ करोड ६२ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको यस्तो आम्दानी ५६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो । 

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी २०.०७ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष १६.८४ रुपैयाँमा आइपुगेको छ ।  बैंकको खराब कर्जा अघिल्लो वर्ष १.४ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा १.७१ प्रतिशत पुगेको छ  ।  

प्रतिक्रिया दिनुहोस