aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारीले शेयरबजारमा लगानी गर्न नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
सहकारीले शेयरबजारमा लगानी गर्न नपाउने

काठमाडौं । सरकारी सस्थाहरुले कुनै पनि संस्थाको शेयर खरिद गर्न नपाउने भएका छन् । सरकारले सरकारी ऐन संशोधन गर्दै अब सहकारी सस्थाले साना किसान लघवित्त, सरकारी ऋणपत्र, सहकारी बैंकको बाहेक अन्यको शेयर खरिद गर्न नपाउने व्यवस्था गरिएको हो । 

यसभन्दा पहिला कानुनमा स्पष्टता नहुदा सहकारीले पनि विभिन्न कम्पनीको शेयरमा लगानी गर्दै आएका थिए । यसभन्दा पहिला लगानी गरेका सहकारीलाई समेत तीन महिना भित्र सबै कम्पनीको शेयर बिक्रि गरिसक्न सहकारी विकास बोर्डले निर्देशन दिएको छ । 

साथै एकभन्दा बढी सहकारीमा सदस्य रहेका व्यक्तिलाई समेत तीन महिना भित्र एउटा सहकारीमा मात्र सदस्यता कायम गर्न बोर्डले भनेको छ । 

प्रतिक्रिया दिनुहोस