
काठमाडौं, पुस १६ । एन आई सी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ुनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।
बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार रू. २१२.अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस