aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्र बैंकको नयाँ निर्देशिकाका बारेमा छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
राष्ट्र बैंकको नयाँ निर्देशिकाका बारेमा छलफल

चितवन । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले चालू पुँजीको प्रयोजन फरक क्षेत्रमा बढी भएपछि कडाइ गरेको बताए । प्रयोजनभन्दा फरक क्षेत्रमा लगानी हुँदा समस्या भएको भन्दै उनले सहज ऋणले फाइदा र बेफाइदा दुवै भएको उनको भनाइ थियो । 

आन्तरिक उत्पादन बढाउन सुझाव दिँदै स्वदेशी कच्चापदार्थ र रोजगारीमा जोड दिनुपर्ने उनले बताए ।  कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्र बैंकको चालू पुँजीमा पछिल्लो पटक ल्याइएको निर्देशिकाका कारण भएका समस्याका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस