
काठमाडौं । नेपालमा सहकारी मर्जरलाई अभियानको रूपमा अगाडि बढाइने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणामन्त्री पद्माकुमारी अर्यालले नेपालमा १० / १२ हजार सहकारी संस्था भए पुग्ने उल्लेख गर्दै मर्जरलाई अभियानको रूपमा अगाडि बढाउने बताएकी हुन्।
नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार आयोजना गरेको सहकारी मर्जरुबिषयको कार्यक्रममा मन्त्री अर्यालले उक्त कुरा राखेकी थिइन्। सहकारी संस्थाको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकीकरण कार्यविधि बनाउन लागेको उनले बताइन् ।
सहकारीलाई गुणस्तरिय र पारदर्शी बनाउन मर्जर अभियान थालिने उनको भनाइ थियो। सहकारीले काम देखाउनुपर्ने बेला आएको उनको भनाइ थियो। सहकारी अभियानकै पहलमा सहकारी मर्जर सम्भव हुने उनले बताइन्।
'अब क्षेत्र, भेग, कामको प्रकृति मिल्ने संहकारीबीच एकता हुनुपर्छ' उनले भनिन्। 'कतिपय सहकारी देखासिकी र लहलहैमा खुलेका छन्,' उनले भनिन्, 'ती संस्था एकीकरणमार्फत गुणस्तर सेवा दिन सक्नुपर्छ।' यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस