
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी माघ १७ गते परिपक्व हुनेछ । भने १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० कात्तिक १४ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ३ अर्ब ६० करोड रुपैयाँर ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस