aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा कम्पनीले गत वर्ष भन्दा यस वर्ष नगद लाभांशमा जोड दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस