aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

काठमाडौं  । काठमाडौं सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको  कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले सोमबार केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हषर्«ोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो ।

 वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस