
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ७९ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४ करोड ७६ लाखभन्दा बढी नाफा गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ३४ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्मचारी खर्चसँगै अन्य खर्चहरू बढ्दा सञ्चालन नाफा घट्द गई खुद नाफामा समेत असर परेको हो । गत वर्ष रू. ६ करोड ८० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २७ प्रतिशत कम रू. ४ करोड ९६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ९ करोड ४३ लाखभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड ७१ लाख १५ हजार छ भने जगेडा कोष रकम रू. ५४ करोडभन्दा बढी छ । कम्पनीले गत वर्षभन्दा ३ प्रतिशत बढी रू. १८ अर्ब २५ करोड ९३ लाख निक्षेप संकलन गरेको छ भने १ दशमलव २१ प्रतिशत कम रू. १४ अर्ब १३ करोड २२ लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १ दशमलव ७८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ३१ प्रतिशतम झरेको छ । पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ३२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस