aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
महालक्ष्मी विकास बैंक को “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना

काठमाडौ । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एपप्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरुमध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

 बैंकले यस योजनाहालसम्म महालक्ष्मी मोबाईल एपप्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको बैंकले बताएको छ  ।  ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय रुपैयाँ वा सो भन्दामाथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस