aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक सातामा १७ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी ठप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
एक सातामा १७ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी ठप्प

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुमा १७ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत असोज महिनमा निरन्तर रुपमा बढेको निक्षेप कात्तिक लागेपछि घटेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप कात्तिक ११ गतेसम्म आइपुग्दा १७ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा सिमित भएको छ ।  

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जालगानी ठप्प रहेको छ कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह कात्तिक ११ गतेसम्म आइपुग्दा ४२ खर्ब २५ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस