aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौैं । समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन । फाइनान्सकोे सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रहिकरिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा कार्यरत थिए । 

साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोदराज पौडेलको नायव महाप्रबन्धक पदमा बढुवा भएका छन । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
 

प्रतिक्रिया दिनुहोस