aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कामना सेवा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
कामना सेवा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अनलाइन बजार दराज केयमु प्रालिमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंक र दराजबीच बुधबार सम्झौता भएको हो ।  

कामना बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ । 

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत  वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस