काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ ।
बिहिबार नेपाल बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार नेपाल बंैकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिहत वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् ।
त्यस्तै, क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट हुनेछ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस