aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप दुई सहकारी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
थप दुई सहकारी कालोसूचीमा

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनाको १८ गतेसम्म दुई सहकारी कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार कालोसूचीमा पर्ने सहकारीहरुमा आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभ र हिँउचुली सेभिङ एण्ड क्रेडिट को अपरेटिभ रहेका छन् । 

केन्द्रका अनुसार आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकका अनिल खडका र जीवन बुढाथोकी रहेका छन् । हिँउचुली सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकहरुमा आशाराम गुरुङ, हिताराम गुरुङ, जांमु शेर्पा, लिलामाया गुरुङ, मान बहादुर गुरुङ, नवराज गुरुङ र तीर्थ बहादुर गुरुङ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस