aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनसीसी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
एनसीसी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा २५ सय सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस