
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस