aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जाल्पा लघुवित्तको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० कार्तिक २०७९
जाल्पा लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७३ प्रतिशतकादरले हुनु आउने ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३.८४२१ प्रतिशतकादरले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँ ४२ पैसा करसहितको नगद लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्तापुँजी १६ करोड रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस