aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एक सातामा वाणिज्य बैंकहरुमा थपियो २१ अर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ कार्तिक २०७९
एक सातामा वाणिज्य बैंकहरुमा थपियो २१ अर्ब निक्षेप

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुमा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यहि कात्तिक ११ गतेदेखि १८ गतेसम्मको अवधिमा बैंकहरुमा उक्त बराबर निक्षेप थपिएको हो ।   

नेपाल बैंकर्स संघका अनुसार कात्तिक ११ गतसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप २१ अर्ब रुपैयाँले बढेर कात्तिक १८ गतेसम्म आइपुग्दा ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।  

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने घटेको छ । कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह कात्तिक १८  गतेसम्म एक अर्ब रुपैयाँले घटेर ४२ खर्ब २४ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस