aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मंसिर ४ गतेसम्म साधारणसभा नगर्न सहकारीलाई निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ कार्तिक २०७९
मंसिर ४ गतेसम्म साधारणसभा नगर्न सहकारीलाई निर्देशन

काठमाडौं । बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारीहरुलाई साधारणसभा नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता लागु रहेको छ । यस अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघसंस्थाहरुले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको पाइएको मन्त्रालयले जनाएको छ । 

‘सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लघंन हुन सक्ने अवस्था देखिएकोले आगामी मंसिर ४ गतेसम्म कुनैपनि साधारणसभा नगर्न नगराउन सूचना जारी गरिएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
 

प्रतिक्रिया दिनुहोस