aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको केच काट्ने मिश्र पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको केच काट्ने मिश्र पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तेह्रथुम अठराई गाउँपालिका(५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । 

मिश्रले २०७७ भदौ २२ गते कामना सेवा बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस