aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मुक्तिनाथ विकास बैंकद्धारा महिला उद्यमीहरु सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
मुक्तिनाथ विकास बैंकद्धारा महिला उद्यमीहरु सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो । 

उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको जनाइएको छ । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानियवासी र महिला उद्यमीहरु सहित लगभग ३,५०० जनाको उपस्थिति रहेका थिए ।

 उक्त कार्यक्रममा लघु बैंकिङ् अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषिमा व्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषि कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो । 

अहिलेको २१ औं शताप्दीमा देशको आर्थिक विकासमा नारीहरुको भूमिका रहने भएकोले नारीलाई घर भित्रको कामहरुमा मात्र सीमित नगरी सहीवातावरण र अवसर समयमै प्रदान गर्न सकियो भने नारीहरुले जस्तो सुकै कार्यहरु र उच्चपदहरु सम्हाल्ने क्षमता राख्नेछन् भन्ने सोचले उनीहरुको मनोवलउच्च राख्नका लागि बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस