aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गरिमा विकास बैंकको लाभांश प्रस्ताव सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
गरिमा विकास बैंकको लाभांश प्रस्ताव सार्वजनिक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश शुक्रवार सार्वजनिक गरेको छ । कम्पनीको कात्तिक २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ५९ करोड ८ लाख ७३ हजारको आधारमा १४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस