aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सानिमा बैंकको नयाँ शाखा काठमाडौंको सितापाइलामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
सानिमा बैंकको नयाँ शाखा काठमाडौंको सितापाइलामा

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार काठमाडौंको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् । 

समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । 

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु संचालनमा रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस