aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रभु बैंकको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
प्रभु बैंकको भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा शुरु

काठमाडौं । प्रभु बैंक लिमिटेडले भिसा डाइरेक्ट रेमिट्यान्स सेवा शुरु गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईण्टरनेशनल सँगको सहकार्यमा बैंकले भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको हो । 

यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ । यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ । 

प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेविट कार्डका सम्पूर्ण ग्राहकहरुले अधिकतम लाभ लिनेछन् भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस