aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पाटन कृष्ण मन्दिर र हरेकृष्ण धाममा निःशुल्क पानी/ग्लुकोज वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
पाटन कृष्ण मन्दिर र हरेकृष्ण धाममा निःशुल्क पानी/ग्लुकोज वितरण

काठमाडाैं । जनता बैंकले श्री कृष्ण जन्माष्टमीको अवसरमा यहि भाद्र ६ गते पाटन कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । 

उक्त दिन दुबै धाममा हजारौ भक्तजनहरु वर्तबसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । 

उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्ध पानी र ग्लुकोज पानी उपलब्ध गराइएको थियो । 

सोही अवसरमा बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष श्री रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । 

हरेकृष्ण धामले हरेक बर्ष कृष्णजन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस