
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको नेपाली खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा तथा युरो एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
त्यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ६७ पैसा र बिक्री दर १५३ रुपैयाँ ३८ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३६ रुपैयाँ ९४ पैसा र बिक्री दर १३७ रुपैयाँ ५७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस