aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न महासंघको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गरेको छ । सोमबार महासंघले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गरेको हो ।

वित्तीय क्षेत्रमा व्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको महासंघले विज्ञप्तीमा जनाएको छ । 

सन्दर्भ व्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउदै आएको भएतापनि हालसम्म सन्दर्भ व्याजदर पुनरावलोकन नहुन दुःखद विषय बनेको महासंघको भनाई छ । 

‘यसर्थ तत्काल सन्दर्भ व्याजदर पुनरावलोकनका साथै उक्त सन्दर्भ व्याजदरलाई क्यापिंगको रूपमा नभई वजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष जोडदार माग गर्दछौं’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘

यद्यपि, सहकारी संघ/संस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधीकरण, वचत तथा कर्जा सुरक्षण गठनमा ढिलाई भएका कारण सहकारी संघ/संस्थामा जोखिम वढदै गएको देखिएको महासंघको भनाई छ । 

साथै, सहकारी संघ संस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायाधीकरणको अविलम्व गठनका लागि समेत नेपाल सरकारसमक्ष माग गरेको छ ।

पछिल्लो समय वित्तीय अनुसासनका अभावले केही संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

साथै, सहकारी संघ÷संस्थाहरूले आफ्नो सदस्यहरूसंग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराव कर्जा असुलीमा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस