aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले The Himalayan Grill By Bajeko का सम्पूर्ण सेवामा १५ प्रतिशत, Kundalini Ayurveda का सेवाहरुमा अधिकतम २० प्रतिशत, Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd का सेवाहरुमा १० प्रतिशत, Opulence Aesthetics Pvt. Ltd. का सेवाहरुमा १० प्रतिशत र Crystal Diagnostic Pvt. Ltd का सेवाहरुमा अधिकतम २५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस