
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ सेवा सुरु गरेको छ । बैंकले सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको हो ।
यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ । यो सेवा नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेशनलसंग सहकार्य गरी प्रदान गरेको हो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस