aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

आरबीआईले ९ बैंकलाई ठूलो कारबाही गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
आरबीआईले ९ बैंकलाई ठूलो कारबाही गर्यो

एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले विभिन्न बैंकिङ नियम उल्लङ्घन गरेको आरोपमा नौ सहकारी बैंकहरूलाई करिब १२ लाख रुपैयाँ भारु जरिवाना गरेको छ। केन्द्रीय बैंकले सोमबार जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा नौ सहकारी बैंकलाई ११ लाख ६० हजार जरिवाना गरिएको जनाएको छ ।

बेरहामपुर सहकारी अर्बन बैंक (ओडिशा) लाई ३.१० लाख, उस्मानाबाद जनता सहकारी बैंक, महाराष्ट्रलाई २.५ लाख र सन्तरामपुर अर्बन को–अपरेटिभ बैंक लिमिटेड, गुजरातलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

यसका साथै जिल्ला सहकारी केन्द्रीय बैंक मर्यादित, मध्य प्रदेश, जमशेदपुर अर्बन सहकारी बैंक लिमिटेड झारखण्ड र रेणुका नागरिक सहकारी बैंक मरियडित, छत्तीसगढलाई १र१ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, कृष्णा मर्केन्टाइल सहकारी बैंक लिमिटेड, मध्य प्रदेश र केन्द्रपारा अर्बन को(अपरेटिभ बैंक लिमिटेड, ओडिशालाई ५० हजार जरिवाना गरिएको छ । विज्ञप्ति अनुसार गुजरातको नवनगर सहकारी बैंक लिमिटेडलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस