aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । 
सोही कार्यलाई निरन्तरता दिँदै बैंकका महाराजगंज शाखा र तुलसीपुर शाखाले मिति २०७६/०५/०७ गते शनिबारका दिन छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेका छन । 

महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । 

उक्त कार्यव्रmमको उद्घाटन संयुक्त रुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष श्री दिपक के. सी र बैकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेद्वारा गरिएको थियो । 

महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले बैकले वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको हो । 

यसका साथै बंैकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारका दिन नै वृक्षारोपण गरेको हो । 

बैकका दुइ शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेका छन ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।       
 

प्रतिक्रिया दिनुहोस