aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शुभेच्छा सहकारीको कार्यालय समय परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
शुभेच्छा सहकारीको कार्यालय समय परिवर्तन

काठमाडौं । सुभेच्छा सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय समय परिवर्तन भएको छ । भक्तपुरको सूर्यविनायक नगरापलिका वडा नं. ८ मा सञ्चालित यस सहकारी संस्थाले एक सूचना जारी गर्दै कार्यालय समय परिवर्तन भएको जानकारी दिएको हो । 

सूचनामा भनिएको छ, ‘यस संस्थाको कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकोमा समयलाई मध्यनजर गर्दै आगामी मंसिर १ गतेदेखि माघ २९ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय सञ्चालन हुनेछ ।’ 

त्यस्तै, नगद कारोबार आइतबारदेखि बिहिबारसम्म दिनको २ः३० बजेसम्म र शुक्रबार दिनको १ बजेसम्म मात्र हुने समेत सूचनामा जनाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस