aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विकास बैंकहरुको ब्याज दर घट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
विकास बैंकहरुको ब्याज दर घट्ने

काठमाडौं । विकास बैंकहरुले ब्याज दरमा ०.१५ प्रतिशतले घटाउने भएका छन्। मंगलबार विकास बैंकहरुको छाता संगठन डेभलप्मेन्ट बैकर्स एसोसिएसन अफ नेपालले  निक्षेपको ब्याज दर घटाउने निर्णय गरेको हो।

निक्षेपको ब्याज माथि हुँदा लागत बढेर ऋणको पनि बढ्छ। ब्याज महँगो भएको भन्दै व्यवसायीले आन्दोलन गरिरहँदा विकास बैंकले सांकेतिक रुपमा भएपनि घटाएको हो। मंगलबार नै बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भने हालको व्याजदरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस