
काठमाडौं । बुधबार दुई वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनिहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने ७३ करोड २३ लाख एक हजार ६५३ रुपैयाँ बराबरको बोनस शेयर र ७ प्रतिशतका दरले हुनु आउने एक अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
त्यस्तै, मेगा बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशतका दरले ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ बराबरको बोनस शेयर र ३.८३ प्रतिशतका दरले हुनु आउने ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँ बराबरको नगद लाभांश गरि कूल ७. ८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।
यी दुई बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनिले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस