
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार १४ अर्ब ८१ करोड ३२ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ करोड गरी कुल १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी फागुन ९ गते परिपक्व हुनेछ । १८२ दिन अवधिको ट्रेजरी २०८० जेठ ९ गते ३६४ दिन अवधिको ट्रेजरी २०८० मंसिर ५ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको २ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ९ अर्ब ८५ करोड रुपैयाँ गरी कुल १३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत बिहिबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस