
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ७८ पैसा र बिक्री दर १३० रूपैयाँ ३८ पैसा तथा युरो एकको खरिद दर १३५ रूपैयाँ २८ पैसा र बिक्री दर १३५ रूपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ५४ पैसा र बिक्री दर १५५ रूपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस