aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निर्वाचन आयोगको निर्देशन बमोजिम एनसीसी बैंकको साधारण सभा भर्चुअल माध्यमबाट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
निर्वाचन आयोगको निर्देशन बमोजिम एनसीसी बैंकको साधारण सभा भर्चुअल माध्यमबाट हुने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २ गते शुक्रवार गर्न लागेको २५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सभा गर्ने भएको हो ।  

बैंकलाई निर्वाचन आयोगले कात्तिक २९ गते साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो । बैंकले साधारण सभा गर्न पाउ भनि गरेको अनुरोधमा निर्वाचन आयोगले आचार संहित पालना गर्दै अनलाईन प्रविधिको माध्यमबाट सभा गर्न कात्तिक ३० गते सहमति प्राप्त भएको बैंकको भनाई छ । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । यस वर्ष वितरणको लागि प्रस्ताव गरेको ११ प्रतिशत लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउनेछ ।

हाल कायम चु्क्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजारको आधारमा बैंकले ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र करसमेत ७ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाका लागि तय गरेको छ ।

बोनस शेयर वितरणपछि बैंकको पूँजीवृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको छ । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का रहेको छ । यसर्थ असोज ११ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई नियमानुसार बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटलमा कात्तिक १५ गतेसम्म शेयर दर्ता किताबमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस