
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन एक रेस्टुरेन्टसंग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसंग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले द हिमालयन ग्रिल बाई बाजेकोमा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस