aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन – “फास्ट बैंकिङ्ग“ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन – “फास्ट बैंकिङ्ग“ सार्वजनिक

काठमाडौं ।  मामोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नीच्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्वजनिक गरिएको छ । वुधबार होटेल¥या डिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकका पदाधिकारीहरु,बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु सहभागिता रहेको थियो । उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिलकुमार उपाध्यायले एप अनावरण गरेका थिए । 

स्मार्ट चोइस टेक्नोलोजिजका  संचालक सान्तराज बतासको स्वागत मन्तब्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो ।  स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत  नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले  फास्ट बैंकिङ्गको सेवालिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुध्रिढगर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग  सेवा विशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइ मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए ।  फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी दिए ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत  निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ  ।  हाल ग्लोबल आइएमइ बैंकमा संचालनमा ल्याई सकिएको यो सुविधा कसरी फरक छ र यो सुविधा संचालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभब बैंकका  ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख  प्रकाश पौडेलले साट्नु भए  ।

 कार्यक्रममा मन्तब्य दिंदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक  हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै बताए ।   कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष  सुमन प्रोख्रेलले अनबरत रुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रवद्र्धन मालागिरहने प्रतिबद्धता व्यक्त  गरे । 

प्रतिक्रिया दिनुहोस