aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ग्राहक तान्ने बैंकहरुको आक्रामक रणनीति अपनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
ग्राहक तान्ने बैंकहरुको आक्रामक रणनीति अपनाउँदै

काठमाडौं । बैंकहरूले आक्रामक रणनीति अख्तियार गर्दा गत आवमा मात्र २८ बैंकको नाफा ४२५  अर्ब रुपैयाँले तथा कर्जा प्रवाह ३८२ अर्बले बढेको छ । 

लगानीयोग्य पूँजीका लागि निक्षेप संकलनको प्रतिष्पर्धा गत आवमा यतिसम्म भयो कि बैंकहरूबीच ब्याज नबढाउने भद्र सहमति पटक पटक तोडियो । पूँजी अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले गत आवमा वाणिज्य बैंकहरूलाई परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था पनि ल्यायो।

ुगत आवमा तरलताको अभाव हुदाँ वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा ठूलो समस्या झेल्नु पर्यो, केहीले कर्जा प्रवाह नै रोके,ु सानिमा
बैंकका प्रमुख कार्यकारी अधिकत भुवन दाहाल बताउँछन्, ुतरलता अभावका कारण गत आवमा बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्यो ।

तोकिएकोभन्दा बढी व्याज दिने, राष्ट्र बैंकको निर्देशन तोड्नेजस्ता गतिविधि पनि भए । तर, कतिपय बैंकले भने नयाँ प्रडक्ट ल्याएर
ग्राहकलाई आकर्षण गर्दै निक्षेप संकलनमा स्वस्थ प्रतिस्पर्धा गरेको पनि देखिन्छ ।

पछिल्लो समय आक्रामक निक्षेप संकलनमा जोड दिएको एनआईसीको गत आवमा मात्रै निक्षेप संकलन रू। ३४ अर्ब १३ करोडले बढायो भने कर्जा प्रवाह पनि  २९ अर्ब ४ करोड रुपैयाँले बढ्यो ।
 

प्रतिक्रिया दिनुहोस