
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मंसिर २५ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।
सभाले प्रस्तावित १६ दशमलव ५१ प्रतिशत नगद लाभांशलाई स्वीकृति प्रदान गर्दै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस