aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
‘अबको समय स्मार्ट बैंकिङको हो’

‘अबको बैंकिङको समय स्मार्ट बैंकिङ हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ पुस २०७५
‘अबको  बैंकिङको समय स्मार्ट बैंकिङ हो’

२०६२ माघदेखि राष्ट्रिय वाणिज्य बैंकमा वरिष्ठ प्रबन्धक पदबाट सेवा आरम्भ गर्नुभएका चार्टर्ड एकाउन्टेन्ट कविराज अधिकारी हाल राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत बैंकमा विदेशी व्यवस्थापन रहँदैदेखि कार्य गर्दै आउनु भएका उहाँले बैंकका विभिन्न विभागका प्रमुख हुँदै नायब महाप्रबन्धकको जिम्मेबारीसमेत पूरा गरिसक्नु भएको छ ।

 

अधिकारी बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङको सञ्चालक तथा बैंकको तर्फबाट नेको इन्स्योरेन्सको सञ्चालक सदस्यसमेत हुनुहुन्छ । उहाँले लामो समयदेखि बैंकको उच्च व्यवस्थापनमा रहेर बैंकको व्यवसाय अगाडि बढाई रहनुभएको छ ।

बैंकलाई मजबुत बनाउन अधिकारीको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा राष्ट्रिय वाणिज्य बैकले हासिल गरेका उपलब्धि, बैंकको पछिल्लो अवस्था र आगामी योजनाबारे आर्थिकन्यूज डटकमका लागि विजय फुयाँलले उहाँसँग गरेको कुराकानी:

अहिले बैंकिङ क्षेत्रमा तरलता समस्या रहेको देखिन्छ, राष्ट्रिय वाणिज्य बैंकको वित्तीय स्थिति चाहिँ कस्तो छ ?

अहिले बैंकिङ क्षेत्रमा कर्जा लगानीयोग्य रकमको समस्या देखिएको पक्कै हो । राष्ट्रिय वाणिज्य बैंकलाई तरलताको समस्या परेको छैन, हाम्रो सीसीडी रेसियो नै ६८ प्रतिशतको हाराहारीमा रहेको हुँदा हामी अझै पनि कर्जा लगानी गर्न सक्ने अवस्थामै छौं । राष्ट्रिय वाणिज्य बैंकको पछिल्लो वित्तीय अवस्था सन्तोषजनक छ । हाल बैंकको १७७ अर्वको निक्षेप र १२७ अर्बको कर्जा लगानी रहेको छ । गत असोज मसान्तसम्ममा बैंकको खुद मुनाफा करिब १ अर्ब १२ करोड रहेको छ । बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय छन् । हामीले हाम्रो व्यावसायिक लक्ष्य भेटाएका छौं । समग्रमा भन्नुपर्दा, वित्तीय हिसाबले राष्ट्रिय वाणिज्य बैंक सबल छ ।

राष्ट्रिय अर्थतन्त्रमा समस्या आउँदा, राष्ट्रिय वाणिज्य बैंकले आडभरोसा दिने र नेतृत्व गर्ने अपेक्षा देखिन्छ । तर, त्यस्तो पाइँदैन किन ?

सरकारी बैंक भएकाले सरकारी योजना, नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ कार्यान्वयन गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा योगदान दिइरहेकै छौं । अन्य बैंकहरुकोे कर्जा दिने अवस्था सहज नहुँदा पनि यस बैंकले कर्जाको मागलाई पूर्ति गरेर एवम् अन्य बैंकको क्रेडिट पर्चेज गरेर अर्थतन्त्रलाई चलायमान बनाइरहेकै छ । रावा बैंक नेपालको २८ वटा वाणिज्य बैंकमध्ये ठूला बैंकहरुमा एक मात्र हो । यसले राष्ट्रिय अर्थतन्त्रमा समस्या आउँदा सम्भव भएसम्म योगदान दिने गरेको छ ।

पुरानो र सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक नयाँ खुलेका निजीस्तरका बैंकको तुलना यसको उपस्थिति प्राविधिक एवम् भूगोलका दृष्टिकोणबाट कमजोर देखिन्छ किन होला । साथै नयाँ कर्मचारी आएपछि प्रविधियुक्त वाणिज्य बैंकलाई कसरी लैजाने योजना छ ?

राष्ट्रिय वाणिज्य बैंकले जनतालाई ‘बैंकिङ आदत’ सिकाएको बैंक हो । हिजोको ढड्डा प्रणाली हुँदै आज आफ्नो सेवालाई कप्युटराइज प्रणालीमा लगिसकेको अवस्था छ । बिगतमा २१० वटा शाखा रहेको यस बैंकको द्वन्द्वकालमा शाखाहरु गाभिएर ११४ मा झारिएको थियो । तर, आजको दिनमा पुनः २ १० वटा शाखा कार्यालय पुगेका छन् । सम्पूर्ण शाखा कम्प्युटाइज प्रणालीबाट सञ्चालित छन् । बैंकले आफ्नो योजना अनुसार नै नयाँ कर्मचारी भर्ना गरिरहेको छ । लोक सेवा आयोगले लिएको परीक्षाबाट छनोट भएका नयाँ कर्मचारी सक्षम र सूचना प्रविधिको ज्ञान भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको पछिल्लो वित्तीय अवस्था सन्तोषजनक छ । हाल बैंकको १७७ अर्वको निक्षेप र १२७ अर्बको कर्जा लगानी रहेको छ । गत असोज मसान्तसम्ममा बैंकको खुद मुनाफा करिब १ अर्ब १२ करोड रहेको छ । बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय छन् । हामीले हाम्रो व्यावसायिक लक्ष्य भेटाएका छौं ।

अहिलेको पुस्ता नै प्रविधिमैत्री भएकाले धेरै काम घरमै बसीबसी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता माध्यमबाट हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको कुरा गर्दा यसको ग्राहक संख्या २७ लाखभन्दा बढी छ । नयाँ पु्स्ताका ग्राहकलाई बैंकमा थप आकर्षण गर्नका लागि थप अटोमेसन, स्मार्ट बैंकिङ आवधारण विकास गर्दै मजबुत सूचना प्रविधिको विकासबाट प्रविधिमा आधारित बैंकिङको लागि लगानी गरिरहेका छौं ।

राष्ट्रिय वाणिज्य बैंक परम्परागत शैलीबाट माथि उठ्न सकेन, जसका कारण व्यापार विस्तार गर्न समस्या रहेको भन्छन्, किन होला ?

राष्ट्रिय वाणिज्य बैंकमा गाउँ, शहर, युवा, बृद्ध, व्यवसायी, कर्मचारी, महिला, सर्वसाधारण जस्ता सबैखाले ग्राहक भएकाले सबै ग्राहकले बुझ्न सक्ने, प्रयोग गर्न सक्ने किसिमको प्रोडक्टहरु हामीले चलाउनुपर्ने हुन्छ । तथापि, हामीले हिजोको परम्परागत बैंकिङ सेवालाई आधुनिक बैंकिङको रुपमा विकास गर्दै गइरहका छौं । आजको दिनमा राष्ट्रिय वाणिज्य बैंकको कारोबार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम जस्ता इलेक्ट्रोनिक बैंकिङको माध्यमबाट कुल कारोबार संख्याको करिब ३५ प्रतिशतभन्दा बढी इलेक्ट्रोनिक कारोबारको हिस्सा रहेको छ ।

सरकारी खाता एवम् सेना, प्रहरी, कर्मचारीको खाताका भएकै कारण राष्ट्रिय वाणिज्य बैंक धानिएको हो भन्नेहरु पनि के त्यस्तै स्थिति हो र ?

राष्ट्रिय वाणिज्य बैंकमा अहिले २७ लाखभन्दा बढी ग्राहक रहेका छन् । त्यसमा निक्षेपको संरचना हेर्नुभयो भने ६० प्रतिशतभन्दा बढी अंश सर्वसाधारणको बचतको रहेको छ । हो, सरकारी कोषहरु पनि रहेको छ । हाम्रो निक्षेपको संरचना भनेको विविधिकरण छ । त्यसैले सरकारी कोषको पैसाले मात्र बैंक धानिएको अवश्य होइन ।

हामी अब प्रविधिलाई प्राथमिकतामा राखेर नयाँ प्रोडक्ट लिएर अघि बढ्छौं । दक्ष जनशक्ति प्रविधि भित्राएर बैंकको विजनेसलाई बलियो बनाउने छौं । कर्मचारीको दक्षताको अध्ययन गरी सोही अनुसार काम गराउने साथै ग्राहक वर्गको अपेक्षा अनुसार प्रविधिमैत्री बैंकिङ बन्ने हाम्रो लक्ष्य हो ।

व्यवसाय विस्तार एवम् प्रतिस्पर्धी बैंकहरुभन्दा पृथक बन्नका निम्ति राष्ट्रिय वाणिज्य बैंकले अब आफूलाई कसरी अगाडि बढ्ने योजना छ ?

हामीले हरेक वर्ष कर्जाको पोर्टफोलियो म्यानेज गर्ने काम गर्छौ । हाम्रो योजना भनेको डिजिटल बैंकिङ सेवातर्फ जाने हो । अबको बैंकिङ भनेको स्मार्ट बैंकिङ हो हामी पनि त्यसतर्फ लाग्छौं ।

हामी अब प्रविधिलाई प्राथमिकतामा राखेर नयाँ प्रोडक्ट लिएर अघि बढ्छौं । दक्ष जनशक्ति प्रविधि भित्राएर बैंकको विजनेसलाई बलियो बनाउने छौं । कर्मचारीको दक्षताको अध्ययन गरी सोही अनुसार काम गराउने साथै ग्राहक वर्गको अपेक्षा अनुसार प्रविधिमैत्री बैंकिङ बन्ने हाम्रो लक्ष्य हो ।

एकतातिर सहज कर्जा पाउन गाह्रो रहेको भन्ने जनगुनासो छ भने अर्कोतिर खराब कर्जाको दर पनि उच्च नै देखिन्छ, बास्तविक के हो ?

राष्ट्रिय वाािणज्य बैंकबाट कर्जा कारोबार गर्न गाह्रो छैन । ग्राहकले ७४ जिल्लामा रहेको हाम्रा २१० वटै शाखा कार्यालयमार्फत कर्जा लिन सक्नुहुन्छ । हो, बैंकले आफ्नो कर्जा निर्देशिका बमोजिम कर्जा लगानी गर्दछ । जो व्यक्ति/फर्म/कम्पनीले कर्जा लिने हो उहाँहरुको प्रस्ताव कर्जा निर्देशिका बमोजिम भएमा मात्र कर्जा पाउनु हुन्छ नत्र कर्जा पाईदैंन ।

हो, रावा बैंकको खराब कर्जाको दर केही बढी छ । यसलाई हामीले कम गर्ने कार्य तदारुकताका साथ गरिरहेका छौं । हमीले यससम्बन्धी कार्य गर्न छुट्टै कर्जा असुली तथा पुर्नसंरचना विभागको समेत व्यवस्था गरेका छौंं ।

सरकारी लगानी रहेको नेपाल बैंकलगायतका सबै वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् । अब राष्ट्रिय वाणिज्य बैंकमा एनआईडीसीका बाहेकका सर्वसाधारण लगानीकर्तालाई कसरी समेट्ने तयारी गरेको छ ?

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा सरकारी बैंकको हकमा सर्वसाधारणलाई शेयर जारी गर्न सकिने व्यवस्था रहेको छ । सर्वसाधारणलाई शेयर जारी गर्ने विषय नेपाल सरकार तथा बैंक सञ्चालक समितिको निर्णय अनुसार हुनेछ ।

संघीय ढाँचा अनुरुप राष्ट्रिय वाणिज्य बैंकले आफूलाई कसरी प्रस्तुत गर्दै छ ?

हामी सरकारी बैंक भएकाले स्थानीय तहमा जानुपर्ने उत्तरदायित्व हाम्रो बढी छ । हुन त सबैजसो बैंकहरु स्थानीय तहमा जाँदैछन् । ७५३ वटै स्थानीय तहमा बैंक सञ्चालन गर्ने सरकारी नीतिमा राष्टिय वाणिज्य बैंकले आफ्नो भागमा परेको २ वटा शाखा कार्यालय मात्र खोल्न बाँकी छ, केही समयभित्रमा हामीले त्यहाँ पनि शाखा खेल्नेछौं ।

नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई २०७५ पुसभित्र प्रादेशिक संरचनामा जानको लागि निर्देशन दिइसकेको छ । अहिले सातमध्ये पाँचवटा प्रदेशमा पुराना क्षेत्रीय कार्यालयहरू छन् । २०७५ पुसभित्रमा सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने छौं ।

रावा बैंकले तरलताको कारणले कर्जा लगानी कार्य रोकेको छैन र अहिले पनि हामी कर्जा लगानी गर्न सक्ने स्थितिमा छौं र नयाँ कर्जा लगानी गरिरहेका छौं । बजारमा केही अफ्ठेरो स्थिति हुँदा पनि रावा बैंकलाई असर नपरेको अवस्था हो । आज पनि हामीले सबै वाणिज्य बैंकहरुको सरह नै मुद्दती निक्षेपमा ब्याज दिइरहेका छाैं ।

बजारमा निक्षेपको अभाव हुँदा अरु बैंकले बढी ब्याज दिएर निक्षेप लिए, यसले वाणिज्य बैंकलाई कस्तो असर गर्यो ?

राष्ट्रिय वाणिज्य बैंकले सुरुदेखि नै तरलताको व्यवस्थापन गरिरहेकाले बजारमा निक्षेपको अभाव हुँंदा पनि हामीलाई खासै असर परेन । यसमा हामीले पनि ब्याजदर बजार अनुसार नै दिइएकाले हाम्रो निक्षेपमा असर परेन । रावा बैंकले तरलताको कारणले कर्जा लगानी कार्य रोकेको छैन र अहिले पनि हामी कर्जा लगानी गर्न सक्ने स्थितिमा छौं र नयाँ कर्जा लगानी गरिरहेका छौं । बजारमा केही अफ्ठेरो स्थिति हुँदा पनि रावा बैंकलाई असर नपरेको अवस्था हो । आज पनि हामीले सबै वाणिज्य बैंकहरुको सरह नै मुद्दती निक्षेपमा ब्याज दिइरहेका छाैं ।

बजारमा सबैभन्दा सस्तो दरमा कर्जा प्रवाह गरिरहेका छौं । कुनै बैंकले आफ्नो असल कर्जा बिक्री गर्न चाहेमा समेत हामी क्र्रडिट पर्चेज गर्न सक्ने स्थितिमा छौं । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन बमोजिम सापटी रकमलाई सापटी प्राप्त गर्ने बैंकको निक्षेपमा गणना भई त्यस बैंकको कर्जा योग्य लगानीमा सहजता आउने देखिन्छ । अन्य बैंकहरुले सापटी माग गरेको खण्डमा रावा बैंकले अन्तर बैंक सापटी उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस