
काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई नगद र बोनस गरी ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले हुन आउने ८२ करोड ६० लाख ६छ हजार ७७१ रुपैयाँ बोनस शेयर र १.५० प्रतिशतका दरले हुन आउने १९ करोड ६ लाख ३० हजार ५६२ पैयाँ बराबरको करसहितको नगद लाभांश दिने घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस